अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

शेयर बजार साढे १४ अङ्कले घट्यो, ३ अर्ब रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ माघ १५ गते ६:०७ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १४ दशमलव ६८ अङ्कले घटेर दुई हजार एक सय ६८ दशमलव ५४ विन्दुमा झरेको छ । आज होटल र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको छ । बजार घटेको दिन दुई सय ६७ वटा कम्पनीका ८२ लाख ७६ हजार कित्ता शेयर तीन अर्ब एक करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको १० करोड र हिमालयन ऊर्जा विकास कम्पनीको नौ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज समृद्धि फाइनान्स, एचआईडीसीएल र सिभिल लघुवित्त कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बाराही हाइड्रो, लुम्बिनी जनरल इन्सुरेन्स, आदर्श लघुवित्त, सूर्या ज्योति लाइफ इन्सुरेन्स र इन्ट्रन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू