अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको दिन ‘भष्मे डन’को औपचारीक घोषणा

बिआरटीनेपाल २०७९ माघ १५ गते ५:५२ मा प्रकाशित

चलचिच ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको दिन त्यसको सिक्वेल ‘भष्मे डन’को औपचारीक घोषणा भएको छ ।आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले पशुपतिप्रसादको सिक्वेल ‘भष्मे डन’को औपचारीक घोषणा गरेको हो ।‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । उक्त चलचित्रको पात्र ‘भष्मे डन’ लाई लिएर चलचित्र बन्न लागेको हो । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने यस चलचित्रमा अभिनेता विपिन कार्की फेरि ‘भष्मे डन’ को भूमिकामा देखिने छन् ।

निर्देशक दीपेन्द्र र अभिनेता खगेन्द्र लामिछानेको निर्माण सहकार्य रहने चलचित्रको पटकथा भने खगेन्द्रले नै लेखेका छन् । चलचित्रको छायांकन फागुन १२ गतेदेखि सुरु हुने निर्माण टिमले जनाएको छ ।चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रबिन्द्र सिंह बानियाँ लगायतका कलाकारहरुको अभिनय रहने छ । काठमाडौंको पशुपतिनाथ क्षेत्र वरपर चलचित्रको छायांकन हुने छ ।

 

प्रतिक्रिया