अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

सर्ट मुभी ‘किन’ सार्वजनिक

बिआरटीनेपाल २०७९ माघ १४ गते १०:०४ मा प्रकाशित

सर्ट मुभी ‘किन’सार्वजनिक भएको छ । विभिन्न फिल्मी फेस्टिबलमा छनोटमा समेत पर्न सफल सार्वजनिक चलचित्र लभ र सस्पेन्स स्टोरीमा तयार भएको चलचित्र हो ।

गणेश उप्रेती , केदार उप्रेती, सन्तोष राम्दम, सिद्धार्थ विश्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र  ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो । चलचित्र सार्वजनिक भए लगतै दर्शकहरूबाट आएको सकारात्मक प्रतिकृयाले नयाँ ऊर्जा मिलेको निर्देशक विश्व बताउँछन् ।

चलचित्रमा स्वप्न सुमको स्वर, उत्पल कँडेलको सङ्गीत र सौरव तिमिल्सिनाको शब्द सुन्न सकिन्छ । सिद्धार्थ विश्वले लेखन, निर्देशन र सम्पादन गरेको चलचित्रमा नारायण उप्रेतीको सह–निर्देशन विष्णु मिश्राको मेकअप अशोक भुजेलको छायाङ्कन देख्न सकिन्छ ।

प्रतिक्रिया