अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 08:33

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी

बिआरटीनेपाल २०७९ माघ १३ गते ५:५६ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको छ । घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि क्यानले शुक्रबार २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।बलात्कारको आरोप लागेका सन्दीप लामिछाने बन्द प्रशिक्षणमा परेका छैनन् । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजका लागि क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने छ । जुन खेल फेबु्रअरी १४ मा हुने छ । यस्तै, नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेबु्रअरी १७ मा खेल्ने छ । नेपालले फेबु्रअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेबु्रअरी २१ मा पुनः खेल्ने छ ।

सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू