अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ माघ १२ गते ६:२४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताउनुभएको छ । बिहीवार काठमाण्डौमा आयोजित मारवाडी सेवा समाजको ७० औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताउनु भयो । उहाँले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौति रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताउनु भयो ।उहाँले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी विशिष्ट अवस्थामा छौँ । आर्थिक रुपले परिसूचकहरु त्यति राम्रो छैन । चिन्ताजनक छन् । यस्तो बेलामा मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु, जुन मेरो चुनौतिको विषय बनेको छ । सरकारको पहिलो बैठक बस्दा नै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको छु । आगामी दिनमा तपाईँहरुको सहकार्यबाट नै अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न ठूलो सहयोग मिल्नेछ ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकालमा देशमा सुशासन नेपाली जनताको र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू