अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

राष्ट्रपति भण्डारी राजाजस्तै : पूर्वप्रधानन्यायाधीश कार्की

बिआरटीनेपाल २०७९ माघ १२ गते ६:१७ मा प्रकाशित

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको टिप्पणी गर्नुभएको छ ।नेपाल कानुन समाज लगायतका संस्थाले संयुक्त रुपमा गरेको आमनिर्वाचन-२०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बिहीबार बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपति भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि पोख्नुभयो ।

कार्कीले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गर्नुभयो । उहाँले राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरु पनि राजाजस्तै भएको टिप्पणी गर्नुभयो। पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताउनुभयो। राम्रा व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उहाँले आश व्यक्त गर्नुभयो ।

‘राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ । कहाँबाट आउनुपर्ने, सर्टकटमा आउनुपर्ने धेरै घुमेर आउनपर्यो आज । राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरु राजाजस्तो भए,’उहाँको भनाइ थियो । गत निर्वाचनबाट पुरानो मानसिकताहरु फिल्टर हुँदै गएको भन्दै कार्कीले नयाँ सोचाई भएका कर्मठ युवा, युवतीहरु आगामी दिनमा अझ आउनुपर्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू