अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

सन्दीप लामिछानेलाई टिममा फर्काउने उद्देश्यले क्यान जुट्याे छलफलमा

बिआरटीनेपाल २०७९ माघ १२ गते ६:०२ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले धराैटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा जुटेकाे बताएकाे छ । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले धराैटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा जुटेकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे, ‘नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार हामी अघि बढ्छाैँ।’उहाँले लामिछानेलाई टिममा कसरी फर्काउन सकिन्छ भनेर हामी सरोकारवालाबीच छलफलमा भइरहेकाे बताउनु भयाे ।बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू