अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७
| Colorodo: 06:12
इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लज्जास्पद हार बेहोरेको छ । गए राति भएको खेलमा मिलानले लाजियोसँग ४–० को हार बेहोरेको हो । खेलको चौंथो मिनेटमा सेर्जिग मिलिन्कोभिचले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।
३८ औं मिनेटमा माटिया जाकाग्नीले गोल गर्दै लाजियोलाई २–० को अग्रता दिलाए । ६७ औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोको अग्रता तेब्बर बनाए । त्यसपछि ७५ औं मिनेटमा फेलिपे एन्डरसनले गोल गर्दै लाजियोलाई ४–० को जित दिलाए । जितसँगै लाजियो १९ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित मिलान ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।