अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

न्युजिल्याण्डको नयाँ प्रधानमन्त्रीमा क्रिस हिपकिन्स नियुक्त

बिआरटीनेपाल २०७९ माघ ११ गते ५:०७ मा प्रकाशित

न्युजिल्याण्डमा सत्तारुढ लेबर पार्टीका नेता क्रिस हिपकिन्स नयाँ प्रधानमन्त्री बन्नुभएको छ ।प्रधानमन्त्री ज्यासिण्डा आर्डनले गत हप्ता पदत्गाग गरेपछि लेबर पार्टीले हिपकिन्सलाई पार्टी नेता चयन गर्दै नयाँ प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । बेलायती राजा चार्ल्सका प्रतिनिधिको रुपमा रहेका गभर्नर समक्ष प्रधानमन्त्री हिपकिन्सले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको हो ।

कारमेल सेपुलोनीलाई उपप्रधानमन्त्रीमा नियुक्त गरिएको छ । सपथ ग्रहणपछि ४४ वर्षीय प्रधानमन्त्री हिपकिन्सले आफू अगाडिका चुनौतीका कारण निकै उत्साहित भएको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री ज्यासिण्डा अर्डनले परिवारलाई समय दिन नसकेको र चुनौतीहरु कारण थकित भएको भन्दै गत हप्ता स्वेच्छिक रुपमा पदत्यागको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू