अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

सार्वजनिक संस्थानलाई राजनीतिक हस्तक्षेपबाट बाहिर निकाल्छुः अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०७९ माघ १० गते ६:२० मा प्रकाशित

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यानमा राख्दै सरकारी कार्यालयले मात्रै नभएर सार्वजनिक संस्थाहरुले पनि आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता, फजुल खर्च कटौती र स्रोतको परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा रहेको भन्दै बैंकहरुले पनि त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । पौडेलले सार्वजनिक संस्थानहरु राजनीतिक हस्तक्षेपबाट बाहिर निकाल्ने बताउनुभयो। उहाँले अर्थ मन्त्रालयको जिम्मेवारीमा रहँदासम्म सरकारका तर्फबाट बैंक ,राष्ट्र बैंक वा अन्य संस्थानहरुमा कसैप्रति पनि सरकारको तर्फबाट कुनै पनि राजनीतिक हस्तक्षेप नहुने बताउनुभयो।

उहाँले राजनीतिक हस्तक्षेप भएको देखे मन्त्रालयमा खबर गर्न आग्रह गर्दै अब राजनीतिक हस्तक्षेपको चिन्ताबाट बाहिर आउन आवश्यक रहेको बताउनुभयो।
अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा केही समस्या र चुनौतीहरुको चाप रहेको बताउनुभयो। पौडेलले सरकारले राजश्व परिचालन, पुँजीगत खर्च, बैंकहरुमा लगानी योग्य रकम तरलता सहजता बनाउनुपर्ने र बैंकको ब्याजमा वाञ्छित सीमामा राख्नुपर्ने चुनौती रहेको बताउनुभयो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू