अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३ | Colorodo: 23:28

क्यालिफोर्नियामा गोली प्रहार हुँदा ७ जनाकाे मृत्यु, ८ घाइते

बिआरटीनेपाल २०७९ माघ १० गते ६:१४ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा फेरी अर्को गोली प्रहार हुँदा ७ जनाकाे मृत्यु भएकाे छ । साेही घटनामा ८ जना घाइते भएका हुन् । सन फ्रान्सिस्कोबाट ३० माइल टाढा रहेको हाफ मुन बेमा भएको दुई वटा छुट्टा-छुट्टै गोली प्रहार हुँदा ७ जनाकाे मृत्यु भएकाे हाे । प्रहरीले ६७ वर्षीय चिनियाँ मूलका चाओ चुन लीलाई पक्राउ गरेको छ । पार्किङमा रहेको उनको कारबाट प्रहरीले बन्दुक र पेस्तोल बरामद गरेको छ । क्यालिफोर्नियमा ३ दिनमा भएको यो दोस्रो गोली प्रहार हो ।

३ दिन अघि चिनियाँ नयाँ वर्ष मनाउने क्रममा एउटा डान्स रेष्टुराँमा अन्धाधुन्ध गोली प्रहार हुँदा ११ जनाको मृत्यु भएको थियो । उक्त घटना सेलाउन नपाउँदै अर्को गोली प्रहार भएको हो । साेमबार भएको गोली प्रहारको पहिलो घटना एउटा च्याउ फार्ममा भएको थियो । जहाँ ४ जनाकाे मृत्यु भएकाे छ ।

त्यसको नजिकै सामान लोड गर्ने स्थानमा भएको गोली प्रहारबाट ३ जनाको मृत्यु भएको हाे । यी दुवै घटनामा ८ जना घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले बताएका छन् । मृतक र घाइतेहरु सबै जना चिनियाँ मूलका कामदार भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू