अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

उर्जा आपूर्ति बन्द हुँदा पाकिस्तानमा अन्धकार

बिआरटीनेपाल २०७९ माघ १० गते ५:५९ मा प्रकाशित

 आर्थिक मन्दीका कारण चरम उर्जा संकट भोगिरहेको पाकिस्तानमा आपूर्ति प्रणाली फेल हुँदा देशको आधा भन्दा ठूलो हिस्सामा अन्धकार छाएको छ । सोमबार बिहान बिग्रिएको विद्युत् आपूर्ति प्रणाली अझै पुनर्स्थापना नहुँदा राजधानी ईस्लामावादसहित ठूला शहरहरुमा जनजीवन कष्टकर बनेको छ ।विद्युत् आपूर्ति बन्द हुँदा संसद पनि ४८ घण्टाका लागि बन्द गरिएको छ ।राजधानी ईस्लामावाद, कराँची, लाहोर, पेशावरलगायतका शहरहरु रातभर अन्धकार बनेको थियो । पाकिस्तानी उर्जामन्त्री खुरुम दस्तागिरले राष्ट्रिय ग्रिड ब्रेकडाउन भएका कारण समस्या आएको बताउनु भएको छ ।

उर्जा आपूर्ति बन्द हुँदा अस्पतालहरुमा कोलाहल भएको थियो । आकस्मिक अपरेसन र उपचारहरु समेत रोकिएको बताइएको छ । जाडो याममा माग उच्च हुँदा आपूर्ति प्रणाली फेल भएको बताइएको छ । आर्थिक संकटका कारण पर्याप्त मात्रामा तेल खरिद गर्न नसक्दा पाकिस्तानका डिजेल प्लान्टहरुले माग अनुसारको विद्युत् उत्पादन गर्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू