अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

तीन सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्छ : गभर्नर अधिकारी

बिआरटीनेपाल २०७९ माघ १० गते ५:२१ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्ने आशय व्यक्त गर्नुभएको छ । मंगलबार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताउनुभएको हो ।

उहाँले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरुको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दा खोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकहरुले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताउनुभयो । उहाँले सरकारले अहिले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको बताउनु भयो ।

गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरुले अहिलेको व्यवसायीक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको बताउनुभयो । उहाँले सरकारी बैंकहरु अहिलेको व्यवसायिक आवश्यकता बुझ्न पछाडि भएको शंका राष्ट्र बैंकलाई लागेको बताउनुभयो । उहाँले आवश्यकतालाई सरकारी बैंकहरुले महशुस गरेर नेपाल सरकार र तीन वटा सरकारी बैंकहरुबीच छलफल गरेर वास्तविक आवश्यकता हो भने मर्जरका लागि अगाडि बढ्नु उपयुक्त हुने बताउनुभयो ।

गभर्नर अधिकारीले बैंकिङ व्यवसाय चुनौतिपूर्ण व्यवसाय भएको बताउनुभयो । उहाँले एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना उठ्न नसके ३ अर्बको पुँजी व्यवस्था गर्नुपर्ने अवस्था आउने बताउनुभयो । उहाँले राष्ट्र बैंक मुलुकभर बैंकिङ सेवा विस्तार गर्न लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू