अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

अनेसास पुरस्कार समिति गठन

बिआरटीनेपाल २०७९ माघ ९ गते २१:३९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालै पुरस्कार समिति गठन गरेको छ । अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष साहित्यकार तीर्थराज पाण्डेयको संयोजकत्वमा डा. विजयराज शर्मा, सन्ध्या पहाडी, ईश्वरीप्रसाद भट्ट र दीपा राई पुन सदस्यहरू रहेको अनेसास पुरस्कार समिति गठन गरिएको छ ।

संयोजक पाण्डेयका आमाको सपना (खण्डकाव्य), सविता (खण्डकाव्य) र चिरायु (उपन्यास) प्रकाशित छन् । पाण्डे गत महिना सम्पन्न अनेसास बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष (पुरस्कार संयोजक) मा निर्विरोध निर्वाचित हुनु भएको हो । त्यस्तै डा. विजयराज शर्माको भास उपन्यास र फुटकर कविता तथा कथाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् । डा. शर्मा यस अघि पनि पुरस्कार समितिको सदस्यमा रही कार्य गरिसक्नु भएको छ ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष, केन्द्रीय कार्यसमितिका पूर्व सदस्य तथा अन्तर दृष्टिका पूर्व प्रधान सम्पादक सन्ध्या पहाडीका मृगतृष्णा र अन्य कविताहरू (कविता सङ्ग्रह), घामका अक्षर (कविता सङ्ग्रह), विश्व नारी नेपाली कविता (सहलेखन) लगायत कृतिहरू प्रकाशित छन् भने मधुपर्क, गरिमा, समकालीन साहित्य आदि थुपै पत्रपत्रिकामा फुटकर लेख रचनाहरू प्रकाशित भएका छन् । विगतमा पुरस्कार समितिमा र अनेसास बोस्टन च्याप्टरको अध्यक्षमा रहेर योगदान गरिसक्नु भएको अर्का साहित्यकार दीपा राई पुनका तिम्रो सपनाको म, स्पन्दनका रागहरू, छुटेको बागदाता र दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू कविता संग्र्रहहरु प्रकाशित छन् । त्यस्तै ईश्वरीप्रसाद भट्टका आमा र माटो तथा केही थुँगा फूलहरू कविता सङ्ग्रहहरू प्रकाशित छन् भने उहाँले २०१८–२०२२ मा पुरस्कार समितिमा रहेर योगदान गरिसक्नु भएको छ ।

अनेसास बोर्ड अफ ट्रस्टीको हालै सम्पन्न बैठकमा उक्त निर्णय भएको हो । बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्धन पूजा, बोर्ड अफ ट्रष्टीका उपाध्यक्षहरू विष्णुप्रसाद घिमिरे, तीर्थ पाण्डे, महासचिव प्रकाश नेपाल, सचिव नारायण अधिकारी र सदस्यहरू रश्मि भट्ट, धर्मराज कोइराला र रिषीराम बरालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू