अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 13:00

बंगलादेशमा नयाँ राष्ट्रपति चयन गर्न आगामी फेब्रुअरीमा निर्वाचन हुने

बिआरटीनेपाल २०७९ माघ ९ गते ७:०५ मा प्रकाशित

बंगलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने आयोगका सचिव मोहम्मद जहाँगीर आलमले बताएका हुन्। बंगलादेशको संविधानले १ व्यक्तिलाई बढीमा २ कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको छ ।

जसले गर्दा वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आइतबार साँझ आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा सचिव आलमले बताएका छन् । राष्ट्रपति मिदको कार्यकाल २४ अप्रिलमा सकिने भएको छ । राष्ट्रपति निर्वाचनको कार्यतालिका छिट्टै घोषणा गरिने पनि सचिव आलमले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू