अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

सिरियामा भवन भत्कँदा १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ माघ ९ गते ६:४८ मा प्रकाशित

सिरियामा एक आवासीय भवन भत्कँदा १६ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।सिरियाको दक्षिणी प्रान्त अलेपोमा रहेको सात तले भवन भत्कँदा ५ बालबालिकासहित १६ जनाको ज्यान गएको हो ।सात परिवार बस्ने गरेको उक्त भवन जीर्ण भएकै कारण दुर्घटना भएको अनुमान गरिएको छ । भवनका भग्नावशेषबाट एक जनालाई जीवित उद्धार गरिएको छ ।

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिकहरु रहने गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ ।

अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन् । गत सेप्टेम्बरमा पनि अलेप्पो नजिकको फर्दवासमा एक यस्तै कमजोर भवन भत्कँदा तीन जना बालबालिकासहित दश जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू