अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

शेयर बजार साढे १३ अंकले घट्यो, तीन अर्ब ८६ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ माघ ९ गते ६:४३ मा प्रकाशित

शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा झरेको छ ।बैंक र म्युचुअल फण्डबाहेक सबै समूहको शेयर घटेको दिन आज जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

दुई सय ५७ वटा कम्पनीका एक करोड सात लाख ५९ हजार कित्ता शेयर तीन अर्ब ८६ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीको शेयर झण्डै आठ प्रतिशत तथा लिबर्टी इनर्जीको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आदर्श लघुवित्त, सानिमा जीआइसी इन्सुरेन्स, कुमारी बैंक र स्टान्डर्ड चार्टड बैंकको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू