अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

विश्व भेट्रान्स टेबल टेनिसमा नेपालले जित्यो स्वर्ण

बिआरटीनेपाल २०७९ माघ ८ गते ४:१९ मा प्रकाशित

२० औं विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ । ओमानको मस्कटमा आयोजित च्याम्पियनसिपमा पुरुष ४५ वर्ष माथिको समूहमा नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडीले स्वर्ण पदक जितेको हो ।

दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ११–७, ११–७, ८–११, ६–११ र ११–९ ले पराजित गर्दै स्वर्ण जितेको हो ।

प्रतिक्रिया