अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

आर्मीका दीपक र एपीएफकी फूलमतीलाई राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि

बिआरटीनेपाल २०७९ माघ ७ गते ५:४४ मा प्रकाशित

विभागीय टोली त्रिभुवन आर्मी क्लवका दीपक अधिकारी र एपिएफकी फुलमती रानाले दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन् ।आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल भेटेरिनरी एशोसिएशनले आयोजना गरेको राइट टु प्रोटिन रन हाफ म्याराथनमा पुरुषतर्फ दीपकले निर्धारित दूरी १ घण्टा ५ मिनेट ८ सेकेण्डमा पूरा गर्दा महिलातर्फ फुलमतीले निर्धारित दुरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

दुवै खेलाडीले एक–एक लाख रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेण्डले पछि पार्दै दोस्रो स्थान हाँसिल गरे । राजनले १ घण्टा ५ मिनेट १४ सेकेण्डमा पूरा गरेका थिए । नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने । चौथो बनेका तीर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दूरी पूरा गर्दा आर्मीका शुसील कुमार शाहीले १ घण्टा ८ मिनेट ४ सेकेण्डमा पूरा गर्दै पाँचौं स्थानमा रहे ।

यस्तै महिलातर्फ दोस्रो भएकी नेपाल पुलिस क्लवकी राममाया बुढा फुलमती भन्दा पाँच सेकेण्डले पछि परिन् । राममायाले निर्धारित दूरी १ घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरेकी हुन् । यस्तै तेस्रो भएकी त्रिभुवन आर्मी क्लवकी पूर्णलक्ष्मी न्यौपानेले निर्धारित दूरी १ घण्टा २३ मिनेट १० सकेण्डमा पूरा गरिन् ।

आर्मीकै कल्पना खड्काले १ घण्टा २७ मिनेट १२ सेकेण्डमा पूरा गर्दै चौथो बन्दा पुलिसकी अञ्जु खड्काले १ घण्टा ३२ मिनेट १३ सेकेण्डमा पूरा गर्दै पाँचौं बनिन् । यस्तै १० किमी पुरुष दौडमा सबै पाँचै स्थानमा आर्मीका धावकको वर्चश्व रह्यो । मुकेश पालले निर्धारित दूरी ३० मिनेट ५६.०१ सकेण्डमा पूरा गर्दै पहिलो बन्दा, गजेन्द्र राईले ३१ मिनेट ०.२९ सकेण्डमा पूरा गर्दै दोस्रो भए ।

प्रतिक्रिया