अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

ढकालको स्वरमा ‘चिसो चिसो बताससँगै’ बोलको गीत सार्वजनिक

बिआरटीनेपाल २०७९ पुष ३० गते १२:२९ मा प्रकाशित

काठमाडौँ, रामकृष्ण ढकालको स्वरमा ‘चिसो चिसो बताससँगै’ बोलको गीत सार्वजनिक भएको छ । गत शनिवार एबि ड्रिम क्रियसन युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । कमल दाहालको शब्द रहेको गीतमा राम गुरुङले सङ्गीत भरेका छन् । विशाल गुरुङले निर्देशन गरेको म्युजिक भिडिओमा रमेश दियाली र मुना क्षेत्री, प्रिसिला घिमिरेको अभिनय रहेको छ ।

पछिल्लो समय बढ्दो क्रममा रहेको सम्बन्ध विच्छेदसम्बन्धी घटनालाई गीतमा प्रस्तुत गरिएको छ। ‘यो गीतमा सम्बन्ध विच्छेदले बाल मनोविज्ञानलाई कतिको प्रभाव पार्छ भन्ने कुरा देखाउन खोजेको छ,’ दियालीले भने । अशोक भुजेलले छायाङ्कन तथा सम्पादन गरेको यो गीतलाई उनले नै कोरियोग्राफी गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू