अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

अनेसास, कोलोराडो शाखाको वार्षिक साधारण सभा सम्पन्न

बिआरटीनेपाल २०७९ पुष ७ गते १३:५२ मा प्रकाशित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । जुम मार्फत अनलान आयोजना गरिएको उक्त सभामा अनेसास, कोलोराडो शाखाको सचिव लाल चौलागाईंले २०२२ मा संस्थाले गरेको कार्यहरुको प्रतिवेदन पेश गर्नुभएको थियो भने महासचिव किरण अधिकारीले २०२३ को लागि प्रस्तावित कार्ययोजनाहरु प्रस्तुत गर्नुभएको थियो । यसै गरी शाखाका उपाध्यक्ष विजयदेव अधिकारीले विगत एक वर्षमा भएको आय व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो ।

कोषाध्यक्ष सेनुप्रसाद तिवारीले आगामी बर्षको लागि प्रस्तावित आर्थिक योजनाहरु प्रस्तुत गर्नुभएको थियो । सभामा उपस्थित आजीवन सदस्यहरुले त्यहाँ प्रस्तुत गरिएका प्रतिवेदनहरु तथा प्रस्तावहरु माथि विभिन्न सुझावहरु दिदै तिनलाई अनुमोदन गरेका थिए । यसै गरी सभाले हालै अनेसास, बोर्ड अफ ट्रष्टिजको अध्यक्षमा निर्वाचित पदम विश्वकर्मालाई बधाई दिने प्रस्ताव पनि पारित गरेको थियो । सभाको सभापति अनेसास, कोलोराडो शाखा अध्यक्ष राजु सिटौलाले सभामा उपस्थित आजीवन सदस्यहरुलाई धन्यवाद दिदै आजीवन सदस्यहरुबाट प्राप्त सुझावहरुलाई शाखाको कार्ययोजना र आर्थिक योजनामा समावेश गरिने जानकारी उपलब्ध गराएका थिए ।

प्रतिक्रिया