अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

इरानमा सरकारविरोधी प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्डको सजाय

बिआरटीनेपाल २०७९ मंसिर २३ गते ६:०३ मा प्रकाशित

इरानले सरकारविरुद्धको प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । विरोध प्रदर्शन गर्नेलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।मोहसिन शेकारीलाई ‘मोहरेबेह’ अर्थात् ईश्वरविरोधी गतिविधि गरेको आरोपमा हिजो मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । उनीमाथी गएको सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेको र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोग रहेको थियो ।

एक अभियानकर्मीका अनुसार मोहसिनलाई कुनै प्रकृया विना नै दोषी ठहर गरिएको थियो । अन्तर्राष्ट्रिय समुदायले यो मृत्युदण्डविरुद्ध तत्काल प्रतिक्रिया जनाउनुपर्नेमा नर्वेमा रहेको इरान मानव अधिकारका निर्देशक महमुद अमिरी मोगदमले बताउनुभएको छ ।अदालतको फैसलाविरुद्ध दोषी भनिएका शेकारीले अपिल गरेका थिए । तर उनीविरुद्ध पुरानै फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।

रिभोल्यूशनरी अदालतले अरु १० जना प्रदर्शनकारीलाई पनि मृत्युदण्डको सजाय सुनाएको छ । तर उनिहरुको परिचय खुलाइएको छैन ।एम्नेस्टी इन्टरनेश्नलले मृत्युदण्डको सजाय प्रदर्शन दबाउन र आम नागरिकमा त्रास पैदा गर्न नियोजित कदम रहेको टिप्पणी गरेको छ । इरानमा प्रहरी हिरासतमा रहेकी २२ वर्षीया महसा अमिनीको ज्यान गएपछि प्रदर्शन सुरू भएको थियो । महसालाई गएको सेप्टेम्बर १३ मा विशेष प्रहरीले गलत तरिकाले हिजाब लगाएको भन्दै पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू