अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

विश्वकप फुटबल: क्वाटर फाइनलका दुई खेल हुँदै, ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड भिड्ने

बिआरटीनेपाल २०७९ मंसिर २३ गते ५:१३ मा प्रकाशित

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज (शुक्रबार) देखि क्वाटर फाइनलका खेलहरु सुरू हुने भएका छन् । शुक्रबार राति क्वाटर फाइनलका दुई खेल हुने भएका हुन् । पहिलो खेल शुक्रबार राति पौने ९ बजे ब्राजिल र क्रोएसियाबीच सुरू हुनेछ । ब्राजिलले राउण्ड अफ सिक्स्टीनमा दक्षिण कोरियालाई पराजित गरेकाे थियो । क्रोएरियाले भने जापानलाई पराजित गरेको थियो ।

अर्को क्वाटर फाइनल खेल भने शुक्रबार राति नै राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्डबीच हुने भएकाे छ । अर्जेन्टिनाले राउण्ड अफ सिक्स्टीनमा अष्ट्रेलियालाई पराजित गरेको थियो । नेदरल्याण्डले भने अमेरिकालाई पराजित गर्दै क्वाटर फाइनलमा आएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू