अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट बने विश्वका धनाढ्य व्यक्ति

बिआरटीनेपाल २०७९ मंसिर २३ गते ५:०० मा प्रकाशित

विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ । फोब्सको रियल–टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्डले आफ्नो नाम अघि सारेका हुन् ।र्नार्डको कुल सम्पति १८५.७ अर्ब डलर रहेको छ । मस्कको भने सम्पतिमा ३.८ अर्ब डलरको गिरावट देखिएको छ । उनको कुल सम्पति अहिले १८५.४ अर्ब डलर छ । ७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत हुन् ।

५१ वर्षीय मस्क टेस्ला र स्पेसएक्सका सिइओ हुन् । उनले हालै ट्विटर इंक पनि खरिद गरेर यसका सिइओ बनेका छन् । फोबर््सका अनुसार टेस्लाको सेयरमा गिरावट आउँदा मस्कको सम्पत्तिमा पनि गिरावट आइरहेको हो ।

अर्कातर्फ लुई भिटनको सेयर बढ्दा बर्नार्ड र उनको परिवारको सम्पत्ति बढिरहेको छ । सूचीको तेस्रो स्थानमा भारतका गौतम अदानी छन् । उनको कुल सम्पति १३४.८ अर्ब डलर रहेको छ । अमेजनका सिइओ जेफ बेजोस भने सूचीको चौथो स्थानमा छन् । उनको कुल सम्पति १११.८ अर्ब डलर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू