अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

अमेरिकी बास्केटबल खेलाडी ग्राइनर जेल मुक्त

बिआरटीनेपाल २०७९ मंसिर २३ गते ४:५८ मा प्रकाशित

रुसले अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्राइनरलाई जेल मुक्त गरेको छ । अमेरिकाले रुसका हतियार ब्यापारी भिक्टर बाउटलाई छाडेपछि रुसले ग्राइनरलाई मुक्त गरेको हो । रुस र अमेरिकाले युएईको आबुधाबीस्थित विमानस्थलमा ग्राइनर र बाउटलाई आदानप्रदान गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले ओलम्पिका दुई पटक स्वर्ण पदक विजेता ग्राइनर सुरक्षित रहेको र घर फर्कने क्रममा रहेको बताउनु भएको छ ।

उता, रुसी विदेश मन्त्रालयले पनि रुसी ब्यापारी पनि घर फर्कने क्रममा रहेको जनाएकाे छ । ग्राइनर गत फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गर्नु केही दिन अघि मस्को विमानस्थलबाट पक्राउ परेकी थिइन । उनको झोलामा भाङको तेल फेला परेपछि रुसी सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू