अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

चाेलेन्द्र महाअभियाेग प्रकरण : संसद सचिवालयले सर्वोच्च अदालतलाई जवाफ पठाउने तयारी गर्दै

बिआरटीनेपाल २०७९ मंसिर २३ गते ४:४३ मा प्रकाशित

संघीय संसद सचिवालयले सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारी गरेको छ । त्यसका लागि संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले आन्तरिक परामर्शमा गर्नुभएको छ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि सर्वोच्च अदालतले गौतमसँग गत बुधबार जवाफ मागेको थियो ।

सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई संविधान र कानूनको कुन आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै प्रश्न गरेर पत्र पठाउनुभएको थियो । सो पत्रको कसरी जवाफ दिने भन्ने बारेमा संघीय संसद सचिवालय आन्तरिक छलफलमा जुटेको प्रवक्ता डा.रोजनाथ पाण्डेले बताउनुभयो । उहाँले सचिवालयले चाँडै नै सर्वोच्चलाई जवाफ पठाउने तयारी गरेको बताउनुभयो ।

गत बुधबार संघीय संसदका महासचिव गौतमले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषदको कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बोधार्थ गर्दै उनीमाथिको महाभियोग निष्क्रिय भएको पत्राचार गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू