अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२० | Colorodo: 20:35

विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही हुने

बिआरटीनेपाल २०७९ मंसिर २३ गते ४:३३ मा प्रकाशित

चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ । केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि बोर्डले पत्रचार गर्दै कारबाहीकाे घाेषणा गरेकाे छ ।

सिनेमा हलहरुलाई ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न बाेर्डले सूचित गरेको छ ।चलचित्र प्रदर्शन गर्न दिइएको ईजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया