अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

कांग्रेस कार्यसम्पादन समितिकाे बैठक शनिवार, नयाँ सरकार गठनबारे छलफल हुने

बिआरटीनेपाल २०७९ मंसिर २२ गते ६:५० मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते शनिवार बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ ।

यस बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यको अनिवार्य उपस्थितिका लागि निर्देशअनुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू