अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

एक दिवसीय खेलमा स्कटल्याण्डद्वारा नेपाल पराजित

बिआरटीनेपाल २०७९ मंसिर २२ गते ६:४१ मा प्रकाशित

आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहिबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय २० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गर्‍याे । ७ टोली सहभागी विश्वकप लिग टू मा जितसँगै स्कटल्याण्डको ३२ खेलमा ४६ अंकका साथ पहिलो स्थानमा रहेको छ । नेपाल भने २४ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया