अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

युक्रेन युद्धमा आणविक अस्त्र प्रयोगको खतरा बढ्याे: राष्ट्रपति पुटिन

बिआरटीनेपाल २०७९ मंसिर २२ गते ६:४० मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धमा आणविक अस्त्र प्रयोग हुने खतरा बढेको बताउनु भएको छ । तर रुस आफूले भने पहिले आणविक अस्त्र प्रयोग नगर्ने र आणविक अस्त्रको धम्की पनि कसैलाई नदिने उहाँले बताउनु भएकाे हाे । रुसको मानवअधिकार परिषदकाे वार्षिक बैठकमा बोल्दै पुटिनले युक्रेन युद्ध लामो जान सक्ने संकेत पनि गर्नुभयो। आणविक हतियार के हो भन्नेमा सचेत रहेकाे उहाँकाे तर्क छ ।

उहाँले कुनै रेजरको ब्राण्डिङ गर्न विश्व घुम्ने पक्षमा समेत नरहेकाे बताउनुभयाे । रुससँग विश्वमै सबै भन्दा आधुनिक आणविक हतियार रहेको पनि उहाँले बताउनुभएकाे छ । तर अमेरिकाले जस्तो विदेशी भूमिका लगेर आफ्ना हतियार तैनाथ नगरेको उहाँकाे भनाइ छ । युद्ध लामो समयसम्म हुन सक्ने भन्दै राष्ट्रपति पुटिनले महत्वपूर्ण जित भने हात लागिसकेको समेत दावी गर्नुभयाे ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू