अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 13:44

काठमाडौंबाट दिल्लीका लागि उडेको विमान फिर्ता

बिआरटीनेपाल २०७९ मंसिर २२ गते ६:३० मा प्रकाशित

काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डिगो एयरको विमान फिर्ता भएको छ । सल्यान घर भएका ३८ वर्षीय रुद्रवीर खत्रीलाई एक्कासी हृदयघाट भएपछि विमान फर्काइएको हो ।

त्रिभुवन अन्तर्राष्टिय विमान स्थाल स्राेतका अनुसार बिहीबार साँझ काठमाडौंबाट नयाँ दिल्ली उड्नै लागेको इन्डिगो एयरको जहाजमा खत्री आकस्मिक बिरामी परेसँगै उनलाई ‘अनबोर्ड’ गर्न विमान फर्काइएकाे हाे ।

बिरामीलाई उपचारका लागि नर्भिक हस्पिटल लगिएको छ । बिरामी यात्रुलाई एम्बुलेन्सबाट अस्पताल पठाएपछि जहाज ४ः४५ मा काठमाडौंबाट दिल्ली उडेको विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू