अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

सहुलियतपूर्ण वित्तीय सहयोगका लागि श्रीलंका योग्य रहेको विश्व बैङ्कको भनाई

बिआरटीनेपाल २०७९ मंसिर २१ गते ६:२४ मा प्रकाशित

विश्व बैङ्कले अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलंका योग्य रहेको जनाएको छ । अति कमजोर आर्थिक अवस्थाको सामना गरिरहेको श्रीलंकाले अवलम्बन गरेका सुधारका कार्यक्रमलाई दृष्टिगत गरी विश्व बैङ्कले सहयोगको सूचीमा समावेश गरेको हो ।

देशको अर्थतन्त्रलाई स्थिर बनाउन तथा जीविकोपार्जनको रक्षाका लागि आईडीएको सहुलियतपूर्ण वित्तीय सहायता प्राप्तिमा श्रीलंकाको योग्यतालाई विश्व ब्यैङ्कले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

लामो समयदेखि श्रीलंका सरकारले अन्तर्राष्ट्रिय सहायताका लागि अनुरोध गर्दै आएको थियो । देशको अर्थव्यवस्था सुधार गर्न, गरिबी तथा भोकमरीको सामना गरिरहेका लाखौँको जीविका रक्षा गर्न तथा आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन गर्न आइडीएबाट सहुलियत ब्याज दरमा वित्तीय सहयोगको प्रस्ताव प्राप्त भएको हो ।

श्रीलंकामा अर्थतन्त्र सुधार्न सरकारले कार्यान्वयन गर्ने कार्यक्रमलाई आईडीएमार्फत विश्व ब्यैङ्कले प्राविधिक सहयोग साथै नीतिगत सुझाव र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू