अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

सरकारद्वारा पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति

बिआरटीनेपाल २०७९ मंसिर २१ गते ६:२२ मा प्रकाशित

सरकारले पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति दिएको हो ।

बुधबार बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विद्यालय शिक्षा क्षेत्र अयोजनाका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १९ मिलियन यूरो र विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब २ अर्ब ५७ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो  ।

बैठकले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । त्यस्तै, कर्मचारी संचय कोषको प्रशासक पदमा गोरखाका जितेन्द्र धिताललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू