अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४ | Colorodo: 17:39

नर्वे र फिनल्यान्डबाट ५ अर्ब रुपैयाँ अनुदान सहायता स्वीकार्ने सरकारकाे निर्णय

बिआरटीनेपाल २०७९ मंसिर २१ गते ६:१८ मा प्रकाशित

सरकारले नर्वे र फिनल्यान्ड सरकारबाट प्राप्त पाँच अर्ब रुपैयाँबढी अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मङ्सिर २० गते मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

आज बुधवार मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्यान्ड र नर्वे सरकारबाट सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी गराउनुभएको हो । उहाँका अनुसार फिनल्यान्डबाट प्राप्त हुने १९ मिलियन युरो झन्डै दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट प्राप्त हुने झन्डै दुई अर्ब ५७ करोड रुपैयाँ बराबरको अनुदान सहायता सरकारले स्वीकार गरेको हो ।

त्यसैगरी सरकारले कर्मचारी सञ्चय कोषको प्रशासक पदमा जितेन्द्र धिताललाई नियुक्ति गरेको छ । यस्तै सरकारले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू