अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरब जाँदै

बिआरटीनेपाल २०७९ मंसिर २१ गते ६:१२ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनपिङ ३ दिने भ्रमणका लागि आज (बुधबार) साउदी अरबमा जानु हुने भएकाे छ । सन् २०१६ पछि पहिलो पटक साउदी अरबको भ्रमणमा जान लाग्नुभएका सी चीन–खाडी सहयोग परिषदको शिखर सम्मेलनमा सहभागी हुनु हुने भएकाे हाे । दुई देशबीच करिब ३० अर्ब डलरको ब्यापारिक सम्झौताको तयारी समेत भईरहेको र सीको भ्रमणले दुई देशबीचकाे सम्बन्धलाई नयाँ मोड दिने दावी साउदी प्रेस एजेञ्सीले गरेको छ ।

चीन साउदी अरबको सबै भन्दा ठूलो ब्यापारिक साझेदार हो । साउदी अरबका अघोषित शासक राजकुमार मोहम्मद विन सलमानले चिनियाँ राष्ट्रपति सीलाई भब्य स्वागत गर्ने अनुमान गरिएको छ । अमेरिकासहित अन्य पश्चिमा देशहरुसँगको सम्बन्धमा तनाव र उतारचढाव आईरहने भएकाले चीन पनि साउदीसहि खाडी देशहरुसँग थप मजबुत सम्बन्ध बनाउने प्रयासमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू