अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

तारा एअरकाे जहाजमा चिल ठाेक्कियाे

बिआरटीनेपाल २०७९ मंसिर २१ गते ५:४४ मा प्रकाशित

हुम्लामा तारा एअरको ट्विनअटर जहाजमा चिल ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको जहाज मने लेक नजिकै पुग्दा चिल ठोक्किएको हो ।अवतरण हुन दुई मिनेट बाँकी छँदा चिल ठोक्किए पनि जहाज सुरक्षितरूपमा सिमकोटमा अवतरण भएको छ । चामल बोकेर उडेको जहाजमा चालक दलका तीन जना सदस्य थिए ।

चिल ठोक्किएपछि जहाजको अगाडिको टुप्पो अर्थात् नोजमा क्षति पुगेको छ, चिल नोजभित्रै अड्किएको छ । जहाज मर्मतका लागि तारा एअरले काठमाण्डौबाट प्राविधिक पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू