अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

यु-१८ अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता शनिबारदेखि सुरु हुँदै

बिआरटीनेपाल २०७९ मंसिर २१ गते ५:४३ मा प्रकाशित

एशिया रग्बी संघको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय रग्बी प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले यसबारे विस्तृत जानकारी दिनुभयो ।पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्याण्ड, युएई, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिष्पर्धा गर्ने छन् ।

महिलामा नेपाल, भारत, युएई, मलेसिया र थाइल्याण्डले राउण्ड रोविन लिगका आधारमा खेल्ने छन् । राउण्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीले पुनः उपाधिका लागि भिड्ने छन् ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं एशिया रग्बीका सदस्य टंकलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट खेलाडीले एक्पोजर पाउनुका साथै राष्ट्रको पर्यटन प्रवद्र्धन र अर्थतन्त्र वृृद्धिमा टेवा पुर्‍याउन पनि महत्वपूर्ण योग्दान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।

रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न १ करोडमाथि बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी गराउनु भयो । उहाँका अनुसार बाँकी रकम एशिया रग्बीले व्यहोर्ने छ ।नेपाली टोलीको सम्पूर्ण खेल पोशाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ । गोक्योका प्रोप्राइटर समिर केसीले कार्यवाहक अध्यक्ष देवकोटालाई पोशाक हस्तान्तरण गर्नुभयो । यसै अवसरमा नेपाली टोलीका खेलाडीहरुको नाम पनि सार्वजनिक गरिएको थियो । दुई दिने प्रतियोगतिाका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

प्रतिक्रिया