अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

चाेलेन्द्रकाे महाअभियाेग प्रकरणमा संसद् सचिवालय र मन्त्री कार्कीकाे मत बाँझियाे

बिआरटीनेपाल २०७९ मंसिर २१ गते ५:२१ मा प्रकाशित

चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रकरणमा संसद् सचिवालय र सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रवधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको मत बाझिएको छ । संसद् सचिवालयले जबरालाई महाअभियोग निष्प्रभावी भएको पत्र दिएको केही घण्टामै मन्त्री कार्कीले महाअभियोग अझै जीवित रहेको बताएपछि मत बाझिएको हो ।

मन्त्री कार्कीले आज पत्रकारहरूसँग कुरा गर्दै जबरामाथिको महाअभियोग जीवितै रहेकोले नयाँ प्रतिनिधिसभामा छलफल हुने बताउनु भयो । मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्कीले महाअभियोगबारे बोल्नुभएको हो । संसद सचिवालयका महासचिवले महाअभियोग निष्प्राभावी बनेको पत्र दिएपश्चात जबरा सर्वोच्च आउने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू