अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

नयाँ संसदले प्रधानन्यायाधीश विरुद्धको महाअभियोगको टुंगो लगाउँछ : संचारमन्त्री कार्की

बिआरटीनेपाल २०७९ मंसिर २१ गते ५:२० मा प्रकाशित

सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग नयाँ प्रतिनिधि सभामा छलफल हुने बताएको छ । बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग नयाँ संसदमा छलफल हुने बताउनुभएको हो ।

उहाँले महाअभियोगमाथि छलफल भएको प्रतिवेदन नयाँ गठित प्रतिनिधि सभामा छलफल हुने विषय जीवित रहेको बताउनुभयो । उहाँले महाअभियोग सार्वभौम सम्पन्न संसदको सम्पती भएको बताउनुभयो । मन्त्री कार्कीले अबको प्रतिनिधि सभामा छलफल भएर मात्रै प्रधानन्याधीशमाथिको महाअभियोगको टुंगो लाग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू