अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

कतारमा रहेका नेपालीहरूको हक अधिकार रक्षाका लागि नेपाल सरकार र व्यवसायी सङ्घ कतारबीच समझदारी

बिआरटीनेपाल २०७९ मंसिर २० गते ५:२७ मा प्रकाशित

कतारमा रहेका नेपालीहरूको हक अधिकार सुरक्षाका लागि वैदेशिक रोजगार बोर्ड, विभाग र नेपाल व्यवसायी सङ्घ कतारबीच समझदारी भएको छ ।श्रम स्वीकृति लिई कतारमा कार्यरत र त्यहाँ व्यापार व्यवसाय गर्ने नेपालीहरूलाई अप्ठेरो परेका बेलामा राहत र उद्धारका साथै नेपालमा सञ्चालन हुने पुनः एकीकरण कार्यक्रममा पनि सहकार्य गर्ने गरी त्रिपक्षीय समझदारी समझदारी भएको श्रम मन्त्रालयले जनाएको छ ।

समझदारी पत्रमा वैदेशिक रोजगार विभागकातर्फबाट महानिर्देशक उमाकान्त आचार्य, बोर्डको तर्फबाट निर्देशक मैयाँ कँडेल र नेपाल व्यवसायी सङ्घ कतारका तर्फबाट सङ्घका अध्यक्ष महेन्द्र चौलागाईँले हस्ताक्षर गर्नुभएको छ । नेपालबाट श्रम स्वीकृति लिएर गएका र कतारमा व्यवसाय गरिरहेका नेपालीहरूलाई  आवतजावतमा सहजताका लागि वैदेशिक रोजगार विभागबाट परिचय पत्र प्रदान गर्ने र नेपाली श्रमिकको उद्धार, राहत, स्वदेश फिर्ती तथा पुर्न:एकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने कुरा समझदारी पत्रमा उल्लेख गरिएको छ ।

समझदारी पत्रको समय अवधि दुई वर्षको हुने छ । साथै तीनै पक्षको सहमतिका आधारमा समय सीमा थप गर्न सकिने व्यवस्था पनि समझदारीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू