अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

भारतमा वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक

बिआरटीनेपाल २०७९ मंसिर २० गते ५:११ मा प्रकाशित

 भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलोसँगै वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक लगाइएको छ । भारत सरकारले धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि निर्माण सम्बन्धी काममा रोक लगाएको हो ।दिल्लीमा हरेक वर्ष जाडो याममा वायु प्रदुषणको समस्या हुँदै आएको छ । सवारी साधनले उत्सर्जन गर्ने धुँवा र खेतमा पराल जलाउँदा पञ्जाब र हरियाणाका बासिन्दा विशेष रूपमा प्रभावित हुने गरेका छन् ।

भारतको केन्द्रीय प्रदुषण मापन बोर्डले सोमबार दिल्लीको वायुको गुणस्तर निकै कमजोर रहेको भन्दै निर्माण सम्बन्धी काममा रोक लगाउने निर्णय गरेको हो । वायु प्रदुषणको सूचांक तीन सयदेखि चार सयको बीचमा मापन हुनु भनेको वायुको गुणस्तर निकै खराब स्थितिमा पुग्नु हो भन्दै यसबाट पर्न सक्ने असरका लागि भारत सरकारले क्षमा याचना पनि गरेको छ । दिल्ली सरकारले डिजलबाट चल्ने अटोरिक्सा सञ्चालन पनि केही समयका लागि रोक लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू