अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

कोलम्बियामा पहिरोमा बस पुरिँदा ३३ को मृत्यु, ९ घाइते

बिआरटीनेपाल २०७९ मंसिर २० गते ५:०६ मा प्रकाशित

कोलम्बियामा पहिरोले बस पुरिँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने ९ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । कोलोम्बियाको राजधानी बोगाटाबाट २ सय ३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको एक गाउँमा यात्रुबहाक बस पुरिएको हो ।

मृत्यु हुनेमा ३ शिशु सहित ३३ जना रहेका छन् । कोलोम्बियामा भारी वर्षासँगै ठाउँ ठाउँमा पहिरो जाँदा जनजीवन अस्तब्यस्त बनेको छ । पहिरोका कारण कयौं कच्ची घरहरु भत्किएका छन् ।

यसैबीच, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घटनाप्रति दुःख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समबेदना प्रकट गर्नुभएको छ । कोलम्बिया अस्वाभाविक रूपमा भारी वर्षाले प्रभावित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू