अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

विप्लव नेतृत्वको नेकपाले दियाे झुठ्ठा मुद्दा फिर्ता सरकारलाई दबाब

बिआरटीनेपाल २०७९ मंसिर २० गते ४:५३ मा प्रकाशित

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाई गर्न सरकारलाई दवाव दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणसँग आज भेटगरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्ना नेता कार्यकर्ता रिहा गर्न माग गर्नुभएको हो । मुलुक नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने बताउँदै आएको छ ।

सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दवाव दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताउनु भयो । यता, गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बूँदे सहमति गर्दै नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर सो सहमति अझै कार्यान्वयनमा नआएको भन्दै सो पार्टीले असन्तुष्टि जनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू