अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

बिआरटीनेपाल २०७९ मंसिर १९ गते ५:५७ मा प्रकाशित

राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएकाे छ । गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाउनु भएकाे हाे। आफ्नो विचार र सिद्बान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उहाँले बताउनु भयाे ।

पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिनु भएकाे थियाे । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित हुनुभएकाे थियाे । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका कुनै पनि दलले मनाङे विरुद्ध उम्मेदवारी दिएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू