अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०५ | Colorodo: 13:20

लाइसेन्स परीक्षाकाे नयाँ व्यवस्था स्थागित

बिआरटीनेपाल २०७९ मंसिर १९ गते ५:३० मा प्रकाशित

बागमती प्रदेशमा आइतबारदेखि सवारी चालक अनुमतिपत्र लिन दिने लिखित तथा प्रयोगात्मक परीक्षामा नयाँ व्यवस्था लागू गरेको भनिए पनि विभिन्न कारण देखाइ तत्काललाई फेरि स्थगित गरेको छ । देशका विभिन्न प्रदेशमा लागू भइसकेको यो व्यवस्था बागमती प्रदेशमा तयारी पूरा नभएको भन्दै प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले स्थगित गरेको हो।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरोकारवालाहरुलाई बोलाएर तत्काल परीक्षा प्रणाली परिवर्तन नगर्न निर्देशन दिनुभएको छ ।केही काम बाँकी भएकोले यसलाई यथासक्य चाँडो मिलाउने प्रयास भइरहेको र सम्भवत यो महिनाको अन्तसम्म बागमती प्रदेशका चारवटै यातायात कार्यालयले यो नयाँ व्यवस्थाअनुसार लिखित तथा प्रयोगात्मक परीक्षा लिने यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख राजकुमार कपालीले जानकारी दिनुभयो ।

नया निर्देशिकाअनुसार लिखितमा ६० र ट्रायलमा ७० अंक ल्याए लाइसेन्स पाइने व्यवस्था रहेको छ । यो ब्यवस्था अन्य ४ वटा प्रदेशमा पहिला नै कार्यान्वयन आइसकेको थियो भने बागमती प्रदेशभित्र सवारी चालक अनुमतिपत्र लिने सेवाग्राहीको बढी चाप भएको ठाउँमा यो व्यवस्था लागू हुन नसक्दा यहाँका सेवाग्राही बिचौलियाको शरण पर्न बाध्य छन् । बिचौलियाको चलखेलबाटै पुन: स्थगित भएको सेवाग्राहीहरुको आरोप छ ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले यसको लागि सम्पूर्ण तयारी भइसकेको जनाएको भएपनि लागू गर्न आनाकानी गरिरहेको छ । नयाँ परीक्षा लागू भएमा बढी सेवाग्राही लावान्वित हुने हुने भएकोले यो व्यवस्था छिटो भन्दा छिटो लागु गर्नुपर्ने सेवाग्राहीहरुको भनाइ छ ।

यो व्यवस्था प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा लागू भइसकेको छ । सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि दिनुपर्ने ट्रायल परीक्षालाई सहज गराउन संघीय सरकार, भौतिक तथा पूर्वाधार मन्त्रालयले २०७७ मा नै सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ जारी गरिसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू