अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

नाइजेरियामा बन्दुकधारी समूहद्वारा १३ जनाकाे अपहरण

बिआरटीनेपाल २०७९ मंसिर १९ गते ५:०५ मा प्रकाशित

नाइजेरियामा बन्दुकधारी समूहले एउटा मस्जिदमा आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूलाई अपहरण गरेको छ । नाइजेरियाको कट्सिना राज्यको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमणम गरी १९ जनाको अपहरण गरेकोमा ६ जनालाई भने अपहरण मुक्त गरिएकाे हाे । साेही घटनामा २ जना घाइते भएका छन् । उत्तरपश्चिम र मध्य नाइजेरियामा डाकुहरू भनेर चिनिने आपराधिक गिरोहले आक्रमण गरेको खुलासा भएको छ ।

सोही समूहले पछिल्लो समय नाइ्जेरियाका गाउँ-गाउँमा छापा मारी पशुचौपाया चोर्ने गरेका थिए । अपहरण गरिएकाहरुको अवस्था भने अज्ञात रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू