अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

प्रभु शाह र सिके राउतबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ मंसिर १८ गते ५:५४ मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष डा=चन्द्रकान्त राउत (सिके) र स्वतन्त्र सांसद प्रभु शाहबीच आइतवार भेटवार्ता भएको छ । आफूहरूबीच भेटवार्ता भएको सांसद शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

भेटका क्रममा आफूहरूबीच समसमायिक राजनीतिक विषयवस्तुमा केन्द्रित रही छलफल भएको शाहले जानकारी दिनुभयो ।

जनमत पार्टीका अध्यक्ष राउत सप्तरी –२, बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ भने शाह नेकपा एमालेले दिएको टिकट परित्याग गरी रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार भई निर्वाचित बन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू