अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

महाकाली वारिपारि नेपाली-भारतीयबीच ढुंगा हानाहान

बिआरटीनेपाल २०७९ मंसिर १८ गते ५:४८ मा प्रकाशित

दार्चुलाको भारत-नेपाल जोड्ने सीमामा दुई पक्षबीच ढुंगा हानाहान भएको छ। आइतबार साँझ महाकाली नगरपालिका(४ पुलघाटमा करिब ४ बजेतिर भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीले जानकारी दिनुभयो ।

महाकाली पारि भारतीय पक्षले तटबन्‍धन बनाउन ग्याबिन वालहरू लगाइरहेको छ। त्यसक्रममा कामदारले सुरूमा ढुंगा हानेपछि यताबाट पनि हानेर पठाएको इन्स्पेक्टर शाहीले जानकारी दिनुभयो । उक्त घटनापछि जिल्लाबाट डिएसपीको कमान्डमा टोली खटिएको छ। त्यस्‍तै अहिले दुई पक्षबीच वार्ता भइरहेको छ।

भारतबाट सरकारी अधिकारी र नेपालबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छलफल भएको छ। नेपाली पक्ष भारत पुगेर छलफल गरी फर्किएको हो।ढुंगाले लागेर आधिकारिक रूपमा कोही घाइते भएको जानकारी नआएको इन्स्पेक्टर शाहीले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू