अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

आम निर्वाचन २०७९ – प्रतिनीधिसभातर्फ १६४ स्थानको मतपरिणाम सार्वजनिक, १ स्थानमा मतगणना जारी

बिआरटीनेपाल २०७९ मंसिर १८ गते ५:३४ मा प्रकाशित

मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म १६४ स्थानको निर्वाचन परिणाम सार्वजनिक भएको छ । बाँकी १ स्थानमा मतगणना जारी रहेको छ । घोषित परिणाम अनुसार प्रतिनीधिसभातर्फ ५७ स्थानमा जित सहित नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । उसले प्रदेशसभामा ११० स्थान जितेको छ भने मतगणना जारी रहेको १ स्थानमा अग्रता कायम गरेको छ । नेकपा एमाले ४४ स्थानमा विजयी हुँदै दोश्रो स्थानमा कायम रहेको छ । एमालेको प्रदेशतर्फ ९३ स्थानमा जित दर्ता गरेको छ ।

तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र प्रतिनीधिसभातर्फ १७ स्थानमा विजयी हुँदा १ स्थानमा अग्रतासहित प्रदेशसभातर्फ ५३ स्थानमा विजयी भएको छ । नेकपा एकिकृत समाजवादी १० स्थानमा विजयी हुँदा प्रदेशतर्फ १५ स्थानमा जित हासिल गर्न सफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनीधिसभातर्फ ७ स्थानमा विजयी हुँदा राप्रपाले ७ स्थानमा जितेको छ भने प्रदेशतर्फ ११ स्थानमा जित दर्ता गरेको छ ।

स्वतन्त्र उम्मेद्वारहरुले प्रतिनीधिसभातर्फ ५ स्थानमा जित हासिल गर्दा प्रदेशसभातर्फ १२ स्थानमा उनीहरु विजयी भएका छन् । जनता समाजवादी पार्टीले संघीय संसद्को संघीय ८ स्थान जित्दा प्रदेशतर्फ १० स्थानमा विजयी भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जित्दा प्रदेशतर्फ ९ स्थानमा सिट सुरक्षित गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू