अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

दाेलखामा शिवाकाेटी र कार्कीकाे ‘लुकामारी’, फेरि कार्की अघि

बिआरटीनेपाल २०७९ मंसिर १८ गते ५:२० मा प्रकाशित

प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई माओवादीका गंगा कार्कीले फेरि उछिन्नुभएको छ ।

मतगणनाको दुई दिनसम्म अग्रता लिएका कार्की हिजो शनिवार रातिदेखि भने पछि पर्नुभएको थियो । तर अहिले भने एमालेका शिवाकोटीभन्दा माओवादीका कार्की दुई सय ६९ मतले अघि हुनुहुन्छ ।

पछिल्लाे विवरणअनुसार कार्कीले २१ हजार चार सय १२ र शिवाकोटीले २१ हजार एक सय ४३ मत ल्याउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २६ सय ९१ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू